You are viewing the translated version of विशेषज्ञको राय वा सेवा लिन सक्ने.

Section 59
विशेषज्ञको राय वा सेवा लिन सक्ने
(१) निर्णय हुनुपर्ने कुनै विषयमा इजलासले आवश्यक ठानेमा सम्बन्धित विशेषज्ञ वा विशिष्टिकृत निकायको राय लिन सक्नेछ।
(२) उपनियम (१). बमोजिम विशेषज्ञको राय लिने आदेश गर्नुअघि अदालतले मुद्दाका पक्षसँग सो विषयमा छलफल गर्न सक्नेछ।
(३) उपनियम (१) को प्रयोजनका लागि अदालतले सम्बन्धित निकायसँग समन्वय गरी विशेषज्ञको सूची तयार गर्न सक्नेछ ।
तर अदालतले आवश्यक देखेमा सो सूचीमा नाम समावेश नभएका विशेषज्ञको सेवा लिन बाधा पर्ने छैन।
(४) यस नियम बमोजिमको सेवा दिने विशेषज्ञले त्यस्तो विशेषज्ञ सेवा दिनुअघि अनुसूची-१८ बमोजिमको ढाँचामा इजलाससमक्ष शपथ लिनु पर्नेछ।
(५) मुद्दाको कुनै पक्षले विशेषज्ञको सेवा लिन माग गरी इजलासले आदेश दिएको अवस्थामा सो सम्बन्धी सेवा शुल्क सोही पक्षले व्यहोर्नु पर्नेछ।
(६) उपनियम (५) बमोजिमको खर्च पक्षले बेहोरेको अवस्थामा मुद्दा फैसला हुँदा सोही पक्षले जितेमा अर्को पक्षबाट भराई लिन पाउनेछ।